Shittalpati
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता

पाल्पा, मंगलबार दिउसोदेखि आएको अविरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । आज विहान गएको पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् । स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका भएको वडा अध्यक्ष उमानसिंह सारुले बताए ।

विहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष सारूले बताए ।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।
अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । अहिले स्थानीयले उद्दार गरिरहेका छन् । पानी परिरहेकाले उद्दारमा कठिनाई भएको छ । उद्दारका लागि जिल्लाबाट सुरक्षाकर्मी गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा पहिरोले घर पुरिएर एक महिला समेत बेपत्ता भएकी छन् । यस विषयमा थप विवरण आउन बाकी रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update