Shittalpati
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध

पाल्पा । पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । आज विहानदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको सहयोगमा अहिले सडक खुलाउने काम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update