Shittalpati
हेलिकप्टरमार्फत सुत्केरीको उद्दार

बागलुङ । गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्दार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्दार गरिएको हो । उनको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । “राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पुर्‍याइएको हो”, उनले भने । –रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update