Shittalpati
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ । उनी आफ्नो घरदेखि ३०० मिटर उत्तरतर्फ सर्देवा–हार्थोक भित्रि कच्चि सडक खण्डको बिच बाटोमा मृत अवस्थामा फेला परेकी हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update