Shittalpati
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध

पाल्पा,
सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो । पहिरो हटाउनको लागि डिभिजन सडक कार्यालयसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंगलबार बेलुका ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । ढुङगा सहितको पहिरो झरी रहेकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिए । बुटवल पाल्पा सडक खण्ड अहिले विस्तारको क्रममा रहेको ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । यसैगरी जिल्ला भित्रका ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।
.

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update