Shittalpati
पाल्पाको रामपुरमा ट्रक दुर्घटनामा एकको मृत्यु

पाल्पा । जिल्लाको रामपुरमा ट्रक दुर्घटना भएको छ । रामपुर नगरपालिका टुनी भञ्ज्याङ्गमा बुटवलबाट रामपुर आउँदै गरेको बाग्मती प्रदेश ०३००१००७१ नम्बरको मिनि ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बागमती नगरपालिका ७ घर भएका ३० वर्षका सन्तोष गहतराजको रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

कालीगण्डकी करिडोरका लागि तार जाली सहित सामान लिएर रामपुर आउँदै गर्दा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । गाडीमा चालक सहित तीन जना सवार रहेका थिए । अर्का एक जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update