Shittalpati
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् । बासटारीदेखि दमकडातर्फ जाँदै गरेको लु २ च ७३७६ न.को कार अनियन्त्रित भई सडक देखि ७५ फिट तल खोलामा खस्न जाँदा कारमा सवार ५ जना मध्ये चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरुमा चालक रुपन्देही बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ३८ वर्षीय लोक बहादुर सोमई,माथागढी गाउँपालिका ४ झडेवाकी ५८ वर्षीया धनुसरा सारु,सोही स्थानकी २५ वर्षीया सुमित्रा सुर्यवंसी, माथागढी ३ भुटुकेका ३५ वर्षीय लोक बहादुर सारु रहेका छन् । घाईते उनीहरुको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचारको लागि पाल्पा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update