Shittalpati
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम

कृष्ण पोखरेल
पाल्पा । प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ । जिल्लाका अधिकांश प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम योजनाहरु कोभिड–१९ का कारण प्रभावित भए पनि जारी लकडाउन तथा निषेधाज्ञामा समेत यस क्षेत्रमा सडक पिचको काम धमाधम भएको हो । तानसेनदेखि १३ किलोमिटर दुरी रहेको रानीमहल सडक डिभिजन सडक कार्यालय पाल्पाले साढे ६ किलोमिटर सडक २ वर्ष अगाडि नै पिच गरेको थियो । देशमा नयाँ संविधान जारीसंगै कार्यालयहरु संयोजनको क्रम भौतिक पूर्वाधारका योजनाहरु संघ र प्रदेशमा संमायोजन भएपछि प्रेमको प्रतिक पुग्ने रानीमहल सडक प्रदेश सरकारको जिम्मेवारीमा सरेको थियो ।

मुख्य मन्त्री शंकर पोखरेल, भौतिक तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले रानीमहल अवलोकन गरी बाँकी रहेको साढे ६ किलोमिटर सडक पिचका लागि बजेट विनियोजन गरेका थिए । रानीमहल क्षेत्रको अहलबाट रानीमहल सम्म अहिले बाटो चौडा बनाउने, नाली, टेवा पर्खाल लगाउने, जस्ता सडक पिचका पुर्वाधारका कामहरु भइरहेका छन्, रानीमहल सडकको ३० प्रतिशत काम सकिएको यही अवस्थाले निर्धारित समयमै काम सकिने सडक पुर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इञ्जिनियर प्रेमनारायण बस्यालले बताए । लोहनी एण्ड सन्स ब्रदर्शले १२ करोड ७३ लाख ८७ हजार रुपैयाँमा सडक निर्माणका लागि ठेक्का लिएको थियो । निर्माण कम्पनीले २०७६ चैत्र २२ गते रानीमहल सडक निर्माणको लागि ठेक्का सम्झौता गरी २०७८ जेठ २१ गरी सम्पन्न गर्ने गरी कार्यालयसँग कार्य सम्झौता गरेको छ ।

निर्माण व्यवसायीले रानीमहल सडकको गाईघाटमै क्याम्प निर्माण गरी धमाधम काम गर्दै आएका छन् । सडक निर्माणमा ५० जना भन्दा बढी कामदार, साईड इन्चार्ज, साईड इञ्जिनियरहरु लकडाउन भएसंगै सडक क्षेत्रमै क्याम्प खडा गरी निरन्तर काममा गर्दै आएका छन् । सडक पिचसँगै तानसेनबाट आधा घण्टामै रानीमहल दरबारमा पुग्न सकिने छ । सडकको अहिलेसम्म भौतिक प्रगती ३५ प्रतिशत काम सकिएको छ । कालीगण्डकीको किनारमा राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ देखी १९५४ सम्म ५ वर्ष लगाएर रानीमहल दरबार निर्माण गरेका हुन् । बेलायती कलाकृतिबाट दरबारको निर्माण गरिएको छ । रानीको सम्झनामा प्रेमको प्रतिकको रुपमा निर्माण गरिएकाले यस दरवारको नाम नै रानीमहल राखिएको हो । तानसेन होलाङ्दी ढुङ्गाखानी बाइपास सडक निर्माणको काम नियमित रुपमा भईरहेको छ । प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत ६ करोड ६९ लाख २८ हजार रुपैयाँमा एक वर्ष भित्र सम्पन्न गर्ने गरी रामेछाप सुनिल समिर जे.भी.ले २०७६ चैत्र १५ गते सम्झौता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update