Shittalpati
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update