Shittalpati
पाल्पाको रिब्दीकोटमा जिपको ठक्करबाट एक बालिका घाइते

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा जिपको ठक्करबाट एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउसो लघुवा स्थित पाल्पा–गुल्मी सडक खण्डमा गुल्मीदेखि पाल्पातर्फ आउदै गरेको लु २ च २२०९ न. को पिकअप जिपले रिब्दीकोट २ लघुवाकी ६ वर्षीया बालिका मधुरी घर्तीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update