Shittalpati
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो

बुटवल । तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ९ बजे घरबाट हिँडेकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बिहान बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update