केही सुसेली
शनिबार, कात्तिक १५, २०८२
आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
सोमबार, कात्तिक ३, २०८२
कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइँदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ ।
तानसेनमा संस्कृति संरक्षण गर्न देउसी भैलो कार्यक्रम हुँदै
बिहीबार, असोज ३०, २०८२
पछिल्लो समय युट्युब र मेमोरी कार्डबाट गीत बजाएर देउसी–भैलो खेल्न थालेपछि मौलिकपना हराउँदै गएको छ । विकृति र विसंगतिलाई निरुत्साहित गर्दै देउसी र भैलो मौलिक शैलीको हुनुपर्छ भन्ने सन्देशसहित जिल्लामै पहिलो पटक देउसी भैलो कार्यक्रम हुन लागेको छ ।
पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न
मंगलबार, असोज २८, २०८२
यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ ।
छिमली र पट्टा नाचमा झुमे दर्शक
बुधबार, असोज २२, २०८२
एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।
तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
बुधबार, असोज २२, २०८२
कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर छ घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ ।
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
बिहीबार, असोज १६, २०८२
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दुर्गा पक्ष सुरु बडादसैको रौनक:आज घरघरमा घटस्थापना गरिँदै
सोमबार, असोज ६, २०८२
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसै आजदेखि प्रारम्भ भएको छ ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
शनिबार, भदौ २१, २०८२
तानसेनमा फरक शैलीबाट कार्यक्रम भएको छ । एउटा व्यक्ति प्रमुख व्यक्ति बनाएर विभिन्न किसिमका उद्घाट्न कार्यक्रम गर्ने परम्परालाई तोडिएको छ ।


