Shittalpati
आज विश्व हात धुने दिवस मनाइँदै
आज विश्व हात धुने दिवस मनाइँदै आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाँच
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाँच दुई दशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई÷चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरुले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाँच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौँ हिँडेरै तानसेन हेर्न आउँथे तर अहिले भने धेरैजसो...
दसैंघर र कोतघरमा राखियो जमरा
दसैंघर र कोतघरमा राखियो जमरा यस वर्षको वडा दसैं आइतबारबाट सुरू भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घर–घरमा दसैंको जमरा राखिएको छ । विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ :४७ बजे जमरा राखिएको हो ।
घटस्थापनासँगै पाल्पाका शक्तिपीठमा भक्तजनको चहलपहल
घटस्थापनासँगै पाल्पाका शक्तिपीठमा भक्तजनको चहलपहल बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । नवरात्र प्रारम्भ भएसँगै जिल्लाका देवी मन्दिरहरूमा बिहानैदेखि पूजापाठ, दर्शन तथा भजनकीर्तन गर्ने भक्तजनको भीड लागेको हो ।
बडा दसैं सुरु, आज घटस्थापना
बडा दसैं सुरु, आज घटस्थापना नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं आइतबार (आज) देखि  सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । यो पर्व १५ दिनसम्म धूमधामका साथ मनाइन्छ । 
सकियो सोह्र श्राद्ध
सकियो सोह्र श्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष शनिबार अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
आज विश्व हुलाक दिवस मनाइँदै
आज विश्व हुलाक दिवस मनाइँदै आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ तारिखका दिन मनाइने यो दिवस नेपालसहित विश्वरभर मनाउन लागिएको हो ।
आज विश्व दृष्टि दिवस मनाइँदै 
आज विश्व दृष्टि दिवस मनाइँदै  आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
तानसेनमा हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को तयारी अन्तिम चरणमा
तानसेनमा हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को तयारी अन्तिम चरणमा अमूल्य सम्पदा, ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिलाई सिनेमाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाल्पाको सदरमुकाम तानसेनमा सञ्चालन हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  २०८३’ तयारी अन्तिम चरणमा पुगेको छ ।
आज इन्दिरा एकादशी
आज इन्दिरा एकादशी आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाइँदै छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ । 
आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन
आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन साहित्यकार आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन गरिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पाको नेपाली विभागको आयोजनामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले कविता संग्रहको विमोचन गरेका हुन् ।
Weather Update