गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय
शुक्रबार, असोज १५, २०७८

पाल्पाको रामपुरमा एक पुरुष मृत फेला
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिका–६, चिप्लेढुंगामा एक पुरुषको मृत फेला परेका छन् । रामपुर तिलकपुरका लाल बहादुर कुमालको छोरा ४५ वर्षीय खगबहादुर कुमाल शुक्रबार मृत फेला परेका हुन् ।

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
बिहीबार, असोज १४, २०७८
जिल्लाको इस्मा गाउँपालिका– ३ तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । बुधबार राती चट्याङ पर्दा एकै टोलका ९ जना घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा प्रतियोगिता नहुँदा खेलमैदान सुनसान
मंगलबार, असोज १२, २०७८
पाल्पामा कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् ।

गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु
बुधबार, असोज ६, २०७८
गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम...

जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय
बिहीबार, भदौ ३१, २०७८
जिल्ला सहकारी संघ लि. पाल्पाको अध्यक्षमा भूपति पाण्डेय चयन भएका छन् । संघको चौथौं अधिवेशनले पाण्डेयलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।

माथागढीमा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण
मंगलबार, भदौ २२, २०७८
जिल्लाको माथागढी गाउँपालिका झडेवामा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण गरिएको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई कृषि सामग्री र सिलाई कटाई मेसिन सामग्री वितरण गरेको हो ।

नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ
मंगलबार, भदौ २२, २०७८
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । चोरी गर्ने बुटवल उपमहानगरपालिका –११ प्रगतीनगरस्थित भाडमा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्यन्द्र कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

गुल्मीका सडकमा एक अर्ब खर्च परिणाम न्यून
मंगलबार, भदौ २२, २०७८
गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकोमा देउराली मुनिसम्म करिब एक किमी मात्र सडक खनियो ।

मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन
आइतबार, भदौ २०, २०७८
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो ।

माथागढीमा अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता हुने
शनिबार, भदौ १९, २०७८
विश्व नै अहिले कोभिड १९ को महामारीको चपेटामा परिरहेको बेला स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई भर्चुअल माध्यमबाट प्रस्फुटन गराउने उद्देश्यका साथ माथागढी गाउँपालिकाको अतिरिक्त क्रियाकलाप संंयोजन समितिको सहकार्यमा गाउँपालिकाले अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
शनिबार, भदौ १९, २०७८
१३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । समाजमा महत्वपूर्ण योगदान पुर्याएका तानसेन ९ दमकडाका जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको हो ।