Shittalpati
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड

गुल्मी, जिल्लाका पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचको लागि जिल्लाका पत्रकार र निर्वाचन कार्यालय बिच भएको आचार संहिता विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले निर्वाचन सम्बन्धित सूचनाहरु प्रत्येक स्थानीय तहबाट लिने हुँदा झन्झटिलो भएको भन्दै त्यसलाई एकै ठाउँबाट लिन सकिने व्यवस्था मिलाउन निर्वाचन कार्यालयलाई आग्रह गरे । जिल्ला निर्वाचन कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघको र दलित महिला संघको समन्वयमा आचार सहिता विषयक अन्तक्र्रिया कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत माया कुँवरले आम नागरिक र सञ्चार माध्यमहरुले पालना गर्नुपर्ने आचारसहिताका विषयमा जानकारी गराएकी थिइन् । पत्रकारहरुले आचारसहिताको विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले एफएम, रेडियोमा उम्मेदवारहरुका सूचना प्रसारण गर्दा कसरी प्रसारण गर्ने भन्ने जस्ता विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले पत्रकारहरुले राखेका जिज्ञासाहरुको विषयमा जानकारी गराएका थिए । उनले मिडिया र पत्रकारहरु साँझा भएकाले त्यहि अनुसार आफ्नो व्यवहार प्रस्तुत गरी निर्वाचन आचारसहित पालना गर्न आग्रह गरे । उनले कुनै व्यक्ति विशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुझाव दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update