Shittalpati
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु पाल्पा र गुल्मीका स्थानीय तहमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनको लेखा परीक्षणमा आर्थिक वर्ष २०७६/०७७ मा यहाँका स्थानीय तहहरुमा ६१ करोड बढी बेरुजु देखिएसँगै आर्थिक अनियमितता भएको पाइएको हो ।
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ जिल्लाको माथागढी गाउँपालिकामा वडा कार्यालयको सार्वजनिक सुनुवाइ भएको छ । गाउँपालिका वडा नं ८ ले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही चुनावका बेला ठूला–ठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही भने यतिबेला घर–घरमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दै आएका छन् । उनले ‘जनताको...
सुन्दर तानसेन बनाउन सम्झौता
सुन्दर तानसेन बनाउन सम्झौता जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी खानेपानीको समस्या झेलिरहेका तानसेन मदनपोखराको पिपलडाँडाका सबै घरमा अहिले खानेपानी पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा खानेपानी पुगेको हो ।
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले लोगो बनाउन लागेको हो ।
गुल्मी प्रशासन कार्यालयमा नयाँ कर्मचारीलाई स्वागत
गुल्मी प्रशासन कार्यालयमा नयाँ कर्मचारीलाई स्वागत जिल्ला प्रशासन कार्यालय गुल्मीले नयाँ कर्मचारीहरुलाई स्वागत गरेको छ । प्रशासन कार्यालयको कर्मचारीहरुको मासिक नियमित बैंठकमा प्रशासन कार्यालयको विभिन्न फाँटमा कार्यरत नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी !
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी ! अन्य क्षेत्र भन्दा सदरमुकाम हरेक कुराले सुगम नै मानिन्छ । तर त्यहीँ सुमग क्षेत्रका जनताहरुले नै दूषित पानी पिउँछन् भन्दा अचम्म लाग्न सक्छ । पाल्पाको सदरमुकाम तानसेनका जनताहरु विगत दुई महिनादेखि दूषित पानी पिउँन बाध्य छन् ।
विपद्‍मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार
विपद्‍मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार कोरोना महामारीमा होस् वा अन्य प्राकृतिक विपत्तिमा नै किन नहोस् पाल्पाको माथागढी गाउँ सरकार जनताको साथी बनेको छ । कोरोना महामारीको प्रकोपबाट लडिरहेका, दीर्घरोगबाट ग्रसित हुन वा बाढी,पहिरोका कारण घरबारविहीन बनेका र भौतिक तथा मानविय क्षति पुगेका जनताको दुःखमा मलम लगाउने कार्यमा गाउँ सरकार सारथी बनेको हो ।
Weather Update