Shittalpati
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश

पाल्पा, प्रेस चौतारी पाल्पाका कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सुनिल कार्की नेपाल प्रेस युनियन प्रवेश गरेका छन् । उनी युनियनका गतिविधिहरुप्रति आकर्षित भएको भन्दै युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी कार्कीलाई आईतबार एक कार्यक्रमकाबिच युनियनको सदस्यता दिएको छ । उनलाई लुम्बिनी प्रदेशका उर्जा,जलश्रोत तथा सिचाई मन्त्री विरबहादुर राना,नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, प्रेस युनियनका जिल्ला सभापति भरत शर्मा, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल,प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल लगायतले सदस्यता दिर्दै युनियनमा स्वागत गरेका छन् ।

युनियनमा प्रवेश गर्दै कार्की आफुले युनियनका गतिविधि र विचारसँग प्रभावित भएको बताए । उनले पत्रकार महासंघको निर्वाचनको समयमा युनियनका साथीहरुकै सहयोगका कारण आफु विजय भएको स्मरण गर्दै युनियनमा आवद्ध हुन लागेको धारणा व्यक्त गरे । पत्रकार कार्कीले आफू युनियनप्रति बफादार भएर नजिकिदै गरेको स्थानीय निर्वाचनमा सहयोग गर्ने समेत बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा,जलश्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले नवप्रवेसी कार्कीलाई अत्यन्त उच्च मनोवलका साथ अगाडि बढ्न आग्रह गरे । उनले नयाँ प्रवेशीहरुको संरक्षण गर्ने दायित्व युनियन र काँग्रेसमा आएको बताए । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले लोकतान्त्रिक संगठनहरुमा अन्य विचारका व्यक्तिहरुलाई समेत स्थान दिने गरेको धारणा व्यक्त गरे । कार्यक्रम प्रेस युनियनका सभापति भरत शर्माको सभापतित्व, कोषाध्यक्ष विष्णु खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । पछिल्लो समय युनियन प्रवेश गर्ने पत्रकारहरुको संख्यामा वृद्धि हुँदै गएको छ । केही दिन अघि मात्र प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update