Shittalpati
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी

कृष्ण पोखरेल
पाल्पा, वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप प्रमुखमा ५ जना महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी १४ वटा वडा अध्यक्षका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । १४ महिला सदस्यको लागि ३४ जना, १४ दलित महिला सदस्यका लागि २९ जना र २८ खुला सदस्यका लागि ७० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।

यसैगरी बगनासकाली गाउँपालिकामा एक अध्यक्ष पदमा ७ जना, एक उपाध्यक्ष पदमा ५ जना, ९ वडा अध्यक्षका लागि ३७ जना, ९ महिला सदस्यको लागि २८ जना, ९ दलित महिला सदस्यको लागि २४ जना र खुला १८ सदस्यका लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी तिनाउ गाउँपालिकामा एक अध्यक्ष पदमा ७ जना, एक उपाध्यक्ष पदमा ४ जना, ६ वडा अध्यक्षका लागि १९ जना, ६ महिला सदस्यका लागि १३ जना, ६ दलित महिला सदस्यका लागि १३ जना र खुला १२ सदस्यका लागि २६ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी निस्दी गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ३ जना, ७ वडा अध्यक्षका लागि १६ जना, ७ महिला सदस्यका लागि १५ जना, ७ दलित महिला सदस्यका लागि १४ जना र खुला १४ सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी पूर्वखोला गाउँपालिकामा एक अध्यक्ष पदमा ४ जना, एक उपाध्यक्ष पदमा २ जना, ६ वडा अध्यक्षका लागि १५ जना, ६ महिला सदस्यका लागि ११ जना, ६ दलित महिला सदस्यका लागि ११ जना र खुला १२ सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी माथागढी गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ५ जना, ८ वडा अध्यक्षका लागि २५ जना, ८ महिला सदस्यको लागि २२ जना, ८ दलित महिला सदस्यका लागि १९ जना र खुला १६ सदस्यको लागि ४६ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी रम्भा गाउँपालिकामा एक अध्यक्ष पदमा ३ जना, एक उपाध्यक्ष पदमा २ जना, ५ वडा अध्यक्षका लागि १२ जना, ५ महिला सदस्यका लागि ११ जना, ५ दलित महिला सदस्यका लागि ११ जना र खुला १० सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी रामपुर नगरपालिका एक प्रमुखमा पदमा ६ जना, एक उप प्रमुख पदमा ४ जना, १० वडा अध्यक्षका लागि २८ जना, १० महिला सदस्यका लागि २३ जना, १० दलित महिला सदस्यका लागि २३ जना र खुला २० सदस्यको लागि ५४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी रिब्दीकोट गाउँपालिकामा एक अध्यक्ष पदमा २ जना, एक उपाध्यक्ष पदमा ३ जना, ८ वडा अध्यक्षका लागि २१ जना, ८ महिला सदस्यका लागि १९ जना, ८ दलित महिला सदस्यका लागि १८ जना र खुला १६ सदस्यका लागि ३७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी रैनादेवी छहरा गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ५ जना, ८ वडा अध्यक्षको लागि २६ जना, ८ महिला सदस्यका लागि २१ जना, ८ दलित महिला सदस्यका लागि १९ जना र खुला १६ सदस्यको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । पाल्पाका १० वटै पालिकामा प्रमुख देखी सदस्य सम्म उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध मंगलबार साझाँसम्म दावी विरोध नपरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका कार्यालय प्रमुख रुक्मागत अर्यालले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update