Shittalpati
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु

पाल्पा, जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।

उपचारका क्रममा आएका सोमइले बुधबार विहान हाम फालेका थिए । वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएको थियो । उनलाई थप उपचारका लागि आफ्न्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए । उपचारका क्रममा सोमईले अस्पतालको तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाम फालेका उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update