Shittalpati
तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझा तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

नयाँ वर्षको पहिलो दिन घर वरपरका सबै रमाइलोमा व्यस्त रहेका बेला उनी पेटीमा लडेका थिए । लडेर घाइते भएका महर्जनलाई दाजु मंगल महर्जनले अस्पताल पुर्‍याएका हुन् । अस्पताल पुर्‍याएका उनको विहीबार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update