Shittalpati
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि, पशु र आयुर्वेदको सेवा एउटै भवनबाट दिन थालेको छ । उसले वडा २ र ३ का नागरिकहरुको सेवालाई मध्यनजर गर्दै तीन वटै सेवा एउटै भवनबाट दिन थालेको हो । दुई वडाबाट कृषि, पशु र आयुर्वेदको सेवा छुट्टाछुट्टै स्थानबाट प्रवाह हुँदै आएकोमा आइतबारदेखि एउटै भवनबाट हुन थालेको...
पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु
पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ७ धनुवाटोलमा विहेको भोज खाई नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । माथागढी –७ मौलाथरका ४० वर्षीय टलराज नेपालीको विहेको भोज खाई नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।
रानीचुँडी लिप्ट खानेपानी समितिको भेला दमकडामा
रानीचुँडी लिप्ट खानेपानी समितिको भेला दमकडामा जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रानीचुँडी लिप्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भेला आयोजना गरिएको छ ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका र रम्भा गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
सैनिक संग्रहालय दरबारलाई
सैनिक संग्रहालय दरबारलाई तानसेनमा नेपाली सेनाको गोरखदल गणले बनाएको सैनिक संग्रहालय हस्तान्तरण गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा सेनाले स्थापना गरेको सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई बिहीबार हस्तान्तरण गरिएको हो ।
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका २ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार प्राकृतिक रुपले अत्यन्त सुन्दर र अग्ला पाल्पाका डाँडाहरुको अनुहार यतिबेला कुरुप बन्दै गएको छ । पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्योगले मनपरी उत्खनन र निकासी गर्दै आएपछि यहाँका मनमोहक, सुन्दर र अग्ला डाँडाहरुको अनुहार कुरुप बन्दै गएको हो ।
पाल्पा–तम्घास सडक मर्मत गरिने
पाल्पा–तम्घास सडक मर्मत गरिने पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
चित्र कोरेर श्रेष्ठले कमाउँछन् मासिक चालिस हजार
चित्र कोरेर श्रेष्ठले कमाउँछन् मासिक चालिस हजार पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो !
रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो ! जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ । रैनादेवी छहरा –७ गहतेका तारा खड्काको श्रीमती ३३ वर्षीया भवि रेश्मी मृत अवस्थामा भेटिएकी हुन् ।
तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण
तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् । मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका...
Weather Update