Shittalpati
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता

रामचन्द्र रायमाझी
पाल्पा, शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा ठूलो संख्यामा मत बदर हुने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिÞनबाट चुनाव लड्ने हुँदा पनि मत बदर हुने सम्भावना झनै बढेको हो । यस वर्ष सत्तासीन दलले छिटपुट बाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिÞनबाट प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको छ ।

भोलि मतदान गर्ने दिन भएपनि मतदाताहरू कस्तो मतपत्रमा कति मत हाल्ने भन्ने बारे जानकार छैनन् । पाल्पाको माथागढी गाउँपालिका देवगीरका लक्ष्मण कार्की कसरी मतदान गर्ने भन्ने चिन्तामा छन् । उम्मेदवार र कार्यकर्ता प्रचारमा आइरहेका छन् । आफ्नो दलको चिÞनमा मतदान गर्नुहोला भनेर जान्छन् । मतदान गर्ने तरिका सिकाउँदैनन् । त्यसैले मत खेर जाने चिन्ताले उनलाई सताएको हो । उनका छिमेकी धनबहादुर रायमाझी पनि मतदान प्रक्रियाबारे जानकार छैनन् । पहिलेको निर्वाचनमा गाउँ–गाउँमा मतदान शिक्षा बारे जानकारी गराइन्थ्यो । तर, अहिले कसरी मत हाल्ने भन्ने जानकारी नहुँदा मत खेर जान्छ कि भन्ने चिन्ता रहेको उनले बताए । मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी गराइए पनि गाउँ गाउँसम्म मतदाता शिक्षा नपुग्दा कार्की र रायमाझी जस्तै धेरै मतदाता मत खेर जाने भन्दै चिन्तित छन् । तानसेन नगरपालिका ६ जैसीचौपारीका मित्रबहादुर विक पनि मत कसरी हाल्ने भन्नेमै अलमल छन् । ‘दलका नेता र उम्मेदवारले आफ्नै चिÞन भनेर जान्छन् । बुझ्ने गरी मतदानको प्रक्रियाबारे कसैले सिकाएको छैन,’ उनले भने ‘यो चुनावमा धेरै मत बदर हुने देखिन्छ ।’ बूढाबूढी र अशिक्षित मतदाताहरुलाई झनै समस्या छ । ‘मतपत्रको आकार, त्यसभित्र रहेको चिÞन साना हुने हुनाले पनि समस्या हुने देखिन्छ । त्यसमाथि मतदाता शिक्षा दिइएकै छैन’, विकले भने । माथागढी गाउँपालिकामा नेपाली काँग्रेसकाबाट अध्यक्षका उम्मेदवार बनेका सन्तोष थापा मगरले आफुहरुले घरदैलो अभियानका क्रममा टोल–टोलमा मतदाता शिक्षा दिदै हिडे पनि त्यो प्राप्त नभएको बताए । उनले विगतमा निर्वाचन आयोगले मतदाता शिक्षा दिएपनि यस पटक नदिदा मत बदरको संख्या बढ्न सक्ने भन्दै चिन्नता व्यक्त गरे ।

बगनासकाली गाउँपालिका घोरबन्दाका रमेश कुमालले आफ्नो गाउँमा एमाले, काँग्रेस, एकिकृत समाजवादी, स्वतन्त्रका उम्मेदवार भोट माग्न आए पनि चिन्ह चिनाउन, मत हाल्ने तरिका सिकाउन कोही नआएको बताए । माइकिग र साउन्ड बक्स बजाएर चुनावी गीत, भोट दिनु भन्ने प्रचार सुने पनि मतपत्र ल्याएर सिकाउन कोही नआएको उनको भनाई छ । विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन गाउँ–गाउँमा कर्मचारी खटाउने गरेको भएपनि यस पटक बजेट अभावमा मतदाता शिक्षा दिन नखटाएपछि मत बदर हुने सम्भावना बढी छ । विभिन्न रेडियो, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम चलाइए पनि गाउँ–गाउँमा पुगेर मतदाता शिक्षा भने दिइएको छैन ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update