Shittalpati
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा जग्गा प्राप्तिका लागि एक हजार दुई सय २८ भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका छन् । ३५ दिनको अवधिमा एक हजार दुई सय ५ अव्यवस्थित र २३ सुकुम्बासीहरुले निवेदन दिएको गाउँपालिकाका अमिन लक्ष्मण घिमिरेले बताए । वडा वडाबाट संकलन भएका निवेदनहरु ल्याउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार छिट्टै संकलन भएका निवेदनहरु इन्ट्रि गर्ने र नाप जाँच गरी तोकिएको मापदण्डका आधारमा जग्गा उपलब्ध गराइने छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोगको परिपत्र अनुसार फागुन २६ गते भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन आÞवान गरेको थियो । सोही आÞवान अनुसार यहाँका सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका थिए ।

लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गाउँ सरकारले आवेदन आÞवान गरेको थियो । उसले पालिका भित्रका भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकार, राष्ट्रिय भूमि आयोगसँग २०७८ फागुन १२ गते सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । आयोगका अध्यक्ष केशव निरौला र गाउँपालिका निवर्तमान अध्यक्ष सन्तोषकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । समझदारीसँगै गाउँपालिकाले आवेदन आÞवान गरेको थियो । सोही सहमती अनुसार यहाँका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अन्यत्र जग्गा भएको भए सोको जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित व्यक्तिको हस्तलिखित निवेदन वडातह र पालिकामा पेश गरेका थिए । ति निवेदनको पहिचान गर्ने काम पालिकाले गर्न थालेको छ । पालिकाले दुई वर्ष अघि पनि केही वडाहरुमा लगत संकलन गर्ने काम गरेको थियो । तर अयोगको अनिश्चितताका कारण काम बिचैमा रोकिएको थियो । अहिले भने आयोगले काम अगाडि बढाएकाले पालिकाले पनि सोही अनुसारको प्रक्रियालाई अगाडि बढाइको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update