Shittalpati
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह

पाल्पा, नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।

गाउँपालिकाको प्रमुख वा उपप्रमुखमा महिलाको उम्मेदवारी सुनिश्चित भएपनि गठबन्धन दलले तिनाउ गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा पुरुषलाई उम्मेदवार बनाएपछि, महिलाको अधिकार गठबन्धन बाट हनन् भएकाले महिलाहरुका मुद्दा तथा अधिकार सुनिश्चतका लागि एमालेमा मतदान गर्न उनले सबैलाई आग्रह गरेकी छन् । पार्टी भन्दा पनि माथि उठेर मतदान रानाले तिनाउवासीसँग अपिल गरेकी छन् । महिलाले घरको चुलो चौकोदेखि सामाजिक अभियानसम्म सक्रिय भूमिका निभाउनुपर्ने भएकाले महिलाको समस्या महिला जनप्रतिनिधिबाटै बढी बुझ्ने, समाधान गर्ने, महिलाको हक अधिकार सुनिश्चितका लागि पनि तिनाउवासीले महिला उम्मेदवारलाई नै मत राखी विजयी बनाउन एमाले उपाध्यक्ष पदकी उम्मेदवार रानाले अनुरोध गरेकी छन् । एमाले तिनाउकी उपाध्यक्ष पदकी उम्मेदवार राना सानै उमेरदेखि नै पार्टीको कामदेखि सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।

हाल एमाले तिनाउ गाउँ कमिटीको सह–सचिव पदमा रही काम गर्दै आएकी उपाध्यक्ष पदकी उम्मेदवार राना जिल्ला मगर संघको जिल्ला सदस्य, तिनाउ महिला समन्वय समितिको कोषाध्यक्ष, अखिल नेपाल महिला संघको जिल्ला सदस्य, तिनाउ बन समन्वय समितिको सदस्य, तिनाउ साना किसान सहकारी संस्थाको सचिव्, लतका सामुदायिक वन उपभोक्ता समितिको सचिव भई थुप्रै संघ संस्थामा रही जिम्मेवारी निर्वाह गर्दै हाल स्थानीय निर्वाचन २०७९ मा एमाले तिनाउबाट उपाध्यक्ष पदमा रानाले उम्मेदवारी दिएकी छन् । नेकपा एमालेले तिनाउ गाउँपालिकामा अध्यक्ष प्रेम श्रेष्ठ, वडा १ भुवनसिं चिदी, वडा २ यादवप्रसाद अर्याल, वडा ३ कृष्ण पाण्डे, वडां ४ तुलबहादुर आले, वडा ५ मा इन्द्राकुमारी चिदी, वडा ५ टेमबहादुर बगालेलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update