Shittalpati
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।

विहीबार राती अचालनक सोमैको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र सुतेको अवस्थामा अचानक आगालागी हुँदा उनको ज्यान गएको हो । घरमा उनी एक्लै रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । सोमैको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update