Shittalpati
पाल्पा प्रशासनको सेवा स्थगन गरिने

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रुपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५ गतेदखि स्थगन गर्न लागेको हो । कार्यालयका कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिनुपर्ने भएपछि जिल्ला प्रशासनले एक सूचना जारी गरी वैशाख ३० गतेसम्मका लागि सेवा स्थगित गरेको जनाएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेका लागि यस कार्यालयका कर्मचारीहरु पनि मतदान केन्द्रहरुमा खटिई जानुपर्ने भएकाले कार्यालयबाट प्रदान हुँदै आइरहेका सेवा मध्ये नागरिकता प्रमाणपत्र,नावालिका परिचय पत्र, पेन्सन तथा अन्य सिफारिस सम्बन्धी कार्य मिति २०७९/१/२५ गतेदेखि २०७९/१/३० गतेसम्म स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रमुख जिल्ला अधिकार जगन्नाथ पन्तद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । वैशाख ३१, जेठ १ र २ गतेसम्म सार्वजनिक विदा परेकाले तत्पश्चात मात्रै स्थगन गरिएका सेवा नियमित सुचारु हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update