Shittalpati
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।
पाल्पामा गल्याङ्को लाइन जोडियो
पाल्पामा गल्याङ्को लाइन जोडियो पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा पाल्पाको रामपुर इलाका प्रशासन कार्यालय प्रमुखविहीन हँुदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर ‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
पाल्पाको रिब्दीकोटमा  वृद्ध मृत अवस्थामा फेला
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
भ्रूणहत्या आरोपमा युवती पक्राउ
भ्रूणहत्या आरोपमा युवती पक्राउ अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग ,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
पाल्पाको निस्दीमा महिला मृत फेला
पाल्पाको निस्दीमा महिला मृत फेला जिल्लाको निस्दी गाउँपालिका –४ छापाडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार विहान सोही ठाउँकी ५१ वर्षीया दिलकुमारी सुनारी मृत अवस्थामा फेला परेकी हुन् ।
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं ।
शनिबारदेखि मनसुन सक्रिय हुने
शनिबारदेखि मनसुन सक्रिय हुने शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ ।
Weather Update