Shittalpati
टिपरको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु 

पाल्पा, पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ  जिल्लाको तिनाउ गाउँपालिका–२, दोभान छिसखोलास्थित भित्रि कच्चि सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बुटवलबाट कचलखानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक रैनादेवी छहरा गाउँपालिका –६ का  ४३ वर्षीय जगबहादुर बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update