Shittalpati
पाँच महिने बालिकाको हत्या
पाँच महिने बालिकाको हत्या नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
मनाइयो गुरु पूर्णिमा
मनाइयो गुरु पूर्णिमा गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेका एक पुरुष मृत भेटिएका छन् । ३५ वर्षीय चिरञ्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
सचिव बस्यालको बिदाई
सचिव बस्यालको बिदाई निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।
पाल्पामा गल्याङ्को लाइन जोडियो
पाल्पामा गल्याङ्को लाइन जोडियो पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा
तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा पाल्पाको रामपुर इलाका प्रशासन कार्यालय प्रमुखविहीन हँुदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर ‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
पाल्पाको रिब्दीकोटमा  वृद्ध मृत अवस्थामा फेला
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update