Shittalpati
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’

पाल्पा, नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त,नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, उपसभापति झपेन्द्र गैरे, सचिव सुनिता अधिकारी, सन्तोष कुमार थापा मगर, क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुुर राज मगर, क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय पदाधिकारी, प्रदेशकासभापति एवं पदाधिकारी, पालिका सभापतिहरूले संयुक्त रुपमा भित्तेपात्रो बिमोचन गरेको पाटी सचिवालयले जनाएको छ ।

भित्तेपात्रो विमोचन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध रहेको बताएका छन् । प्रमुख अतिथि समेत रहेका पन्तले विगतदेखि नै काँग्रेसले जनजिविकाका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको र नयाँ सालको नयाँ उमङ्गसँगै थप सशक्त ढंगले ति सवालहरुलाई उठाउदै जाने कुरामा समेत प्रतिवद्ध रहने बताएका हुन् ।

उनले भने ‘नेपाली काँग्रेसले आगामी दिनमा राष्ट्रियताका सवालमा सैवधानिक निकायलाई सशक्त बनाउनेदेखि नागरिकहरूका जनजिविकाका सवालमा सशक्त रूपमा आवाज उठाउन्छ ।’ नेता पन्तले पछिल्लो समय पानीका फोका जस्ता केही  राजनीति दलहरूको उदय भएको भन्दै ती दलका न सिद्धान्त, न विचार नै केही पनि स्पष्ट नरहेको उल्लेख गरे । उनले यस्ता दलहरू निश्चित समयपछि पानीको फोका सरि फुटेर जाने बताए । नेपाली काँग्रेस पुरानो इतिहास बोकेको पाटी रहेकाले जनताको महोभावनालाई बुझि फुटेर नभई जुटेर मुलुक निर्माण लाग्नुपर्नेमा जोड दिए । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सुुनिता अधिकारकिो सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update