Shittalpati
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...
पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो
पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ...
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्‍यो । अझै...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
बाढीको वितण्डा:  ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।
पाल्पामा फोन स्कुल सञ्चालन
पाल्पामा फोन स्कुल सञ्चालन पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।
विद्यार्थी भर्ना अभियान शुरु
विद्यार्थी भर्ना अभियान शुरु सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।
सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो गुल्मीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।
Weather Update