Shittalpati
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
खसी, बोका बिक्रीबाट करोडको आम्दानी ! स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
उद्यमी बन्न होडबाजी
उद्यमी बन्न होडबाजी जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
जनगायक टुहुरेको निधन
जनगायक टुहुरेको निधन वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मौसममा सुधार हुन केही दिन लाग्ने मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
कोरोनाका कारण सुनसान जनैपूर्णिमा विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
Weather Update