Shittalpati
शान्ति समाजको गुल्मीमा प्रदर्शन
शान्ति समाजको गुल्मीमा प्रदर्शन मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी र गण्डकी प्रदेशका २१ जिल्लामा युद्व निषेध शान्ति विशेष लगायतका नाराका साथ एकैसाथ प्रदर्शन गरेको छ । गुल्मीमा पनि हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत प्रदर्शन गरिएको...
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास ,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।
बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो
बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो तानसेनमा रहेको बेथल बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको विशेष तालिम सकिएको छ । ३५ दिनसम्म सञ्चालन भएको एनसीसी १६ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्‍यो’
यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्‍यो’ सरकारले आफुहरुलाई बेवास्ता गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भइरहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे । तानसेनमा भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालि पाल्पाको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने अधिकांश व्यवसायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको बताएका हुन् ।
पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ
पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।
सुरु भयो रमजान
सुरु भयो रमजान इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म...
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत...
विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर
विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबार विहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन जिल्लाको सदरमुकाम तम्घासमा मानव अधिकार तथा शान्ति समाजले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रशासन कार्यालय अगाडि झण्डै १ घण्टा प्रदर्शन गरेको हो ।
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ । नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको महासंघले बुधबार स्थापना दिवस मनाएको छ ।
चुनावको आश्वासनः विपन्नले पाए घर
चुनावको आश्वासनः विपन्नले पाए घर ‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।
Weather Update