Shittalpati
सुरु भयो रमजान

पाल्पा, इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको छ ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने मदरसा संघ नेपालले जनाएको छ । राष्ट्रिय मदरसा संघ नेपालका अनुसार नेपालमा कोभिड–१९महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गरिएको छ । देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update