Shittalpati
बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो

पाल्पा, तानसेनमा रहेको बेथल बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको विशेष तालिम सकिएको छ । ३५ दिनसम्म सञ्चालन भएको एनसीसी १६ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।

तालिममा १८/१८ जना छात्र,छात्रालाई नेपाली सेनाका प्रशिक्षकहरुबाट तालिम दिइएको थियो । तालिम प्राप्त एनसीसीका विद्यार्थीहरु चैत २३ गतेदेखि नवलपुरको हात्तिखोरमा हुने प्रतियोगितामा सहभागी हुने छन् । उनीहरु सामुहिक क्याम्पमा सहभागी भई विभिन्न प्रदर्शनहरुमा भाग लिने जनाइएको छ । यस अघि बेथल स्कूलको १५ औं ब्याजका एनसीसी सिनियर डिभिजनका विद्यार्थीहरु सामुहिक क्याम्पमा आयोजित विभिन्न प्रदर्शनमा सर्वोत्कृष्ट हुन सफल भएका थिए ।

विशेष तालिम पुरा गरेका विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच विदाइ शुभकामना दिइएको छ । कार्यक्रममा महेन्द्र दल गणका गणपति रमेश खड्काले राष्ट्रिय सेवा दलको तालिम प्राप्त विद्यार्थीहरु अनुसाशित, इमान्दार र राष्ट्रभक्तिको भावनाले प्रेरित हुने हुँदा जुनसुकै क्षेत्रमा पनि सफलता पाउने बताए । जिल्ला शिक्षा इकाई समन्वय प्रमुख महेन्द्र सुवेदीले पाल्पामा राष्ट्रिय सेवादलको तालिमका लागि बेथल स्कूल छनौट भएकोमा बधाई दिदै तालिम प्राप्त विद्यार्थीहरुको भविष्य उज्वल रहेको बताए । कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु, स्कूल सञ्चालक समितिका उपाध्यक्ष त्रिलोचन पौडेल लगायतले राष्ट्रिय सेवा दलको क्षेत्रीय क्याम्पमा जान लागेका विद्यार्थीहरुको प्रदर्शनका लागि सफलताको शुभकामना दिए । स्कूल सञ्चालक समितिका अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update