Shittalpati
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन

रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सकिन्छ । गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् हातहतियार फिर्ता हुनेछ । बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ । कोही–कसैले कुनै पनि इजाजत वा बिना इजाजतका हातहतियार राखेको भएपनि आगामी चैत मसान्तसम्म स्वतःस्फूर्त रूपमा बुझाउन सकिन्छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा वा यस अवधिमा भेटिएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update