Shittalpati
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश

पाल्पा, नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ । नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको महासंघले बुधबार स्थापना दिवस मनाएको छ । महासंघले देशैभरका शाखामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

महासंघ पाल्पा शाखाले पनि तानसेनस्थित कार्यालयपरिसरमा सरसफाई गरी स्थापना दिवस मनाएको हो । महासंघले शाखा अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, पूर्व पदाधिकारी, साधारण सदस्य लगायतको सहभागीतामा कार्यालय परिसर सरसफाई गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update