Shittalpati
पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास

पाल्पा,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगाले सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरेकी हुन् । केन्द्रको शिलन्यास गर्दै मन्त्री ढेंगाले ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँचीका बासिन्दालाई फाइदा पुग्ने बताइन् । उनले यस क्षेत्रको विकासका लागि मात्र नभई पहाडी जिल्लामा यसरी योजना सञ्चालन हुँदा सबैले खुसी मान्नुपर्ने बताइन् । उनले यसवर्ष ५० लाख भएपनि अर्को वर्ष ३ करोड ५० बजेट विनियोजन गरेर साना ठूला दुबै सवारी साधनको ट्रायल यहीबाट गर्न सकिने बताइन् । जग्गा व्यवस्थापन भइसकेकाले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर भवनको पनि ठेक्का लाग्ने उनले बताइन् ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जनताले चाहे अनुसारकै क्षेत्रमा सवारी चालक परीक्षण केन्द्र र यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन हुने बताए । उनले जग्गा व्यवस्थापनमा कुनै समस्या नहुने भएकाले काम अघि बढाउन मन्त्रालयलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले समयमै निर्माण भएर यसबाट पहाडी जिल्लाका बासिन्दाले फाइदा लिनुपर्ने बताए । एमालेका प्रतिनिधि नविन थापा मगरले यस क्षेत्रमा भएको कामले गर्दा आगामी दिनमा अझ राम्रो क्षेत्र बन्ने बताए । काँग्रेस जिल्ला सभापती हिमालदत्त श्रेष्ठले कुनै पनि विषयको विश्वविद्यालय र पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले ध्यान दिन आग्रह गरे । माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डेयले जनतालाई सहज ढंगले काम गर्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिए । एकीकृत समाजवादीका मोहन गैरे, जनता समाजवादी पार्टीका प्रवक्ता खिम बहादुर रेश्मी, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपाल लगायले भवन निर्माण भएपछि र ट्रायल सेन्टर संचालन हुँदा यस क्षेत्र नै गुल्जार बन्ने बताए ।

वडाध्यक्ष मुक्तिराम जीसी, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष भीम बहादुर श्रेष्ठ, याताया व्यवस्था सेवा कार्यालय पाल्पाका पूर्व कार्यालय प्रमुख विष्णु प्रसाद खनाल, पत्रकार माधव अर्याल, बंशगोपाल युवा क्लबका अध्यक्ष प्रदीप खनाल लगायतले ट्रायल सेन्टरले यस क्षेत्रमा आर्थिक स्तरमा सुधार ल्याउने बताए । यो केन्द्र यातायात व्यवस्था सेवा कार्यालय पाल्पा अन्तर्गत रहने छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपक नेपालको अध्यक्षतामा कार्यक्रम भएको

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update