Shittalpati
गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा मानव अधिकार तथा शान्ति समाजले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रशासन कार्यालय अगाडि झण्डै १ घण्टा प्रदर्शन गरेको हो ।

समाजका जिल्ला सभापति ढुण्डिराज पोखरेलको नेतृत्वमा विभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु लिएर प्रदर्शन गरिएको थियो । सभापति पोखरेलले युद्धको कुनै पनि संभावनालाई खारेज गर्न र शान्ति प्रवद्र्धधन गर्न जोड दिंदै लामो समयदेखि अभियान सञ्चालन गरिएको बताए । युद्ध निषेध, शान्ति विशेष भन्ने मुल नारा सहित गरिएको प्रदर्शनमा रुस युद्ध बन्द गर, रुस युक्रेनमाथि आक्रमण बन्द गर, रुसले युक्रेनमाथि गरेको आक्रमणःमानवता माथिको निर्मम प्रहार, बालबालिका र महिला सहित हजारौं निहत्था मानिसको हत्या : मानवता विरुद्धको अपराध लेखिएका प्लेकार्ड लिइएको थियोे ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update