दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु
आइतबार, मंसिर २४, २०८०
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र
आइतबार, मंसिर २४, २०८०
यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
आइतबार, मंसिर २४, २०८०
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
रुसी सेनामा कार्यरत पाल्पाका पौडेल सम्पर्कविहिन
शनिबार, मंसिर २३, २०८०
रुसी सेनामा कार्यरत पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल सम्पर्कविहिन भएका छन् । एक महिना अघि रुसी सेनामा भर्ना भई युक्रेन सिमानाको युद्धमा खटिएका पौडेल एक हप्ता देखी परिवारबाट सम्पर्कविहिन भएका हुन् ।
महिनावारीमा विभेद नगर
शनिबार, मंसिर २३, २०८०
नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन विभेद समेत सहनुुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
शनिबार, मंसिर २३, २०८०
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
सरकारले गर्यो महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय
शनिबार, मंसिर २३, २०८०
सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
यसरी हुन्छ संस्थागत अनियमितता
शुक्रबार, मंसिर २२, २०८०
गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ ।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
शुक्रबार, मंसिर २२, २०८०
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।
पीडा सहेरै हिंसा लुकाउन बाध्यता छन् महिला
बिहीबार, मंसिर २१, २०८०
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०
पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।


