त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
सोमबार, पुस २, २०८०
मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु
सोमबार, पुस २, २०८०
विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।
आप्रवासन श्रमिकका सरोकार
सोमबार, पुस २, २०८०
आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ ।
सुधारिएनन् आप्रवासी कामदारका समस्या
सोमबार, पुस २, २०८०
नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक
आइतबार, पुस १, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
आइतबार, पुस १, २०८०
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आज विवाह पञ्चमी
आइतबार, पुस १, २०८०
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा
शनिबार, मंसिर ३०, २०८०
,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताएका छन् ।
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
शनिबार, मंसिर ३०, २०८०
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
शनिबार, मंसिर ३०, २०८०
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।


