काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट भएको छ । राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।