सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
बुधबार, असोज १४, २०८३
गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर
बुधबार, असोज १४, २०८३
मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ ।
जागिरसँगै कृषि कर्म
मंगलबार, असोज १३, २०८३
गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिड्ढा कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए ।
बाढी पहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
मंगलबार, असोज १३, २०८३
एक सातादेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।
पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता
शुक्रबार, असोज ९, २०८३
अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घरहरु भत्काउनुको साथै सडकहरु अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
भोटेकोशी बाढीपीडितका लागि पाल्पाका स्थानीय तहले एक करोड ७१ लाख सहयोग गर्ने
बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढीबाट प्रभावितका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३ सय १७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
सिद्धबाबा सुरुङमार्ग : आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
बुधबार, असोज ७, २०८३
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग आगामी मंसिरभित्रै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले निर्माण कार्यलाई तीव्रता दिँदै सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो ।
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार
मंगलबार, असोज ६, २०८३
भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा
सोमबार, असोज ५, २०८३
स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ । बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने उक्त नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ ।
हराउँदै ‘अग्राशन’ लैजाने चलन
आइतबार, असोज ४, २०८३
अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ। थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ । माघी र दसैँपछिको विशेष महत्त्व दिने पर्व हो ‘अट्वारी’ वा अग्राशन ।
अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु
शनिबार, असोज ३, २०८३
जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका–२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा नियमित एचपिभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो ।
पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग
शुक्रबार, असोज २, २०८३
पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
शुक्रबार, असोज २, २०८३
पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन्।


