पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
आइतबार, साउन १०, २०८३
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
आइतबार, साउन १०, २०८३
धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा शनिबार बागलुङ नगरपालिका–४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
शनिबार, साउन ९, २०८३
नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो ।
गड्यौला मल उत्पादनमा किसानहरु
बिहीबार, साउन ७, २०८३
सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । उनी पहिले ११ का जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थे । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको तालिम र कृषि...
सरकारले हटायो शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर
बुधबार, साउन ६, २०८३
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरेका छन् ।
लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत
सोमबार, साउन ४, २०८३
यहाँका स्थानीय थारु महिलाले विभिन्न समयमा गाउने सज्ना गीत प्रायःलोप हुँदै गएको छ । विशेष गरी खेती गर्ने समय र पतिसँग बिछोड हुँदा गाइने लोकगीत हो, सज्ना । सज्ना गीत विलुुप्त भएको वर्षौंपछि यहाँका थारु समुदायले पुनः सज्नाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
सोमबार, साउन ४, २०८३
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ ।
तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
शनिबार, साउन २, २०८३
बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५...
नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
शुक्रबार, साउन १, २०८३
देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । संघ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो ।
आलेखः सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली
बिहीबार, असार ३२, २०८३
खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यान्वयनले सिँचाइयोग्य जमिनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ । हाइड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीको विकास गरिएको छ ।
माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते
बिहीबार, असार ३२, २०८३
सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ ।
सन्धिखर्कको इतिहास अब स्मृति स्तम्भमा
बिहीबार, असार ३२, २०८३
ऐतिहासिक घटनालाई पुस्तौँसम्म जीवन्त राख्ने उद्देश्यले शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका राजाको स्मृति स्तम्भ स्थापना गरिएको छ । युद्ध, वैमनस्य र संघर्षलाई अन्त्य गर्दै शान्ति, मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा उक्त स्मृति स्तम्भ निर्माण गरिएको हो ।
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
बुधबार, असार ३१, २०८३
यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ । दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ । चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा । नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर । यस्तै दृश्यले यहाँ आउने जो कोही...


