Shittalpati
दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ
दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  ती घटनामा  १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् । 
लुम्बिनी प्रदेश : केही मन्त्रालय खारेज, केही समायोजन
लुम्बिनी प्रदेश : केही मन्त्रालय खारेज, केही समायोजन लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको हो ।
नेपालमा बाघको सङ्ख्या ४२९
नेपालमा बाघको सङ्ख्या ४२९ पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ । गत जेठमा जिल्लामा ५९ वटा स·ठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका...
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो । केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै...
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा शनिबार बागलुङ नगरपालिका–४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो । 
गड्यौला मल उत्पादनमा किसानहरु
गड्यौला मल उत्पादनमा किसानहरु सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । उनी पहिले ११ का जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थे । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी  ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको  तालिम र कृषि...
सरकारले हटायो शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर
सरकारले हटायो शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गरेका छन् ।
Weather Update