भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र
शनिबार, भदौ २७, २०८३
विश्वसम्पदा सूचीमा समेट्ने तयारीसँगै तिलौराकोट आसपासको जग्गा अधिग्रहण
शुक्रबार, भदौ २६, २०८३
प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
पाल्पामा प्रभावकारी बन्दै हुलाकमार्फत सरकारी कुरियर सेवा
बुधबार, भदौ २४, २०८३
सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले पाल्पामा प्रभावकारी बन्दै गएको छ ।
पहिरोमा परी एक विद्यार्थीको मृत्यु
बुधबार, भदौ २४, २०८३
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
मंगलबार, भदौ १६, २०८३
हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
आइतबार, भदौ ७, २०८३
गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।
भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानको उत्पादनले पायो बजार
शुक्रबार, भदौ ५, २०८३
बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् ।
वन्यजन्तुबाट क्षति व्यहोरेका गुल्मीका किसानले तीन वर्षपछि पाए राहत
मंगलबार, भदौ २, २०८३
वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् ।
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सोमबार, साउन २५, २०८३
निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन ।
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, साउन २४, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
आइतबार, साउन २४, २०८३
ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान
शनिबार, साउन २३, २०८३
वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरु छन्, कोही आफ्ना बिरामीको अवस्था देखेर हतासमा छन् । कोही उपचारपश्चात् घर फर्कने तयारी छन् ।
‘च्याउ दिदी’ तुलसाको १८ वर्षे संघर्ष : च्याउखेतीबाट करोडौँको सफलता
शुक्रबार, साउन २२, २०८३
तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थोकी छन् । उनले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएका कारण आजकाल स्थानीयले उनलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् ।


