Shittalpati
उखु किसानलाई प्रविधिले दियो खुसी
उखु किसानलाई प्रविधिले दियो खुसी परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।
स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला
स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ ।
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...
सात वर्षमा पनि बनेन पुल
सात वर्षमा पनि बनेन पुल जिल्लाको मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलामा पुल बन्न सकेको छैन । पुल बन्ने आसैआशामा स्थानीयले सात वर्ष बिताइसके ।
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । 
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।
चट्याङ लागेर एकै घरका तीन घाइते
चट्याङ लागेर एकै घरका तीन घाइते चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उमेरले छेकेन सीताको पढ्ने रहर
उमेरले छेकेन सीताको पढ्ने रहर घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन् ।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update