Shittalpati
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उनिहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग...
खानेपानीमन्त्रीद्वारा राजीनामा
खानेपानीमन्त्रीद्वारा राजीनामा खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए । 
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । 
रुपन्देहीमा निषेधाज्ञा जारी
रुपन्देहीमा निषेधाज्ञा जारी रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । 
चिउरीको तेल पेल्न भ्याइनभ्याइ
चिउरीको तेल पेल्न भ्याइनभ्याइ घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ। मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो।
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली तनहुँको व्यास नगरपालिका(२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गरेकी छन् ।
गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने
गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । 
मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार 
मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार  उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ।मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।
Weather Update