छोरी जन्मिए बैंक खातामा पाँच हजार
बुधबार, पुस ४, २०८०
सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस
बुधबार, पुस ४, २०८०
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बुधबार, पुस ४, २०८०
बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
बुधबार, पुस ४, २०८०
भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५०
मंगलबार, पुस ३, २०८०
भारत सरकारले प्याजको निर्यात रोकेपछि पाल्पामा प्याजको मूल्य अचाक्ली वृद्धि भएको छ । जिल्लामा गएको महिना प्रतिकेजी ८० देखि ९५ रुपैयाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सय ३० देखि एक सय ५० सम्म विक्री गरिएको छ ।
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
मंगलबार, पुस ३, २०८०
लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
सोमबार, पुस २, २०८०
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
नेप्से ३८ अंकले बढ्यो
सोमबार, पुस २, २०८०
केही दिन यता सुस्ताएको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३८ अंक बढीले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले बढेको हो । नेप्से बढेसँगै दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
सोमबार, पुस २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो ।


