तानसेनमा बाघ जात्रा
शनिबार, भदौ १६, २०८०
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य
शनिबार, भदौ १६, २०८०
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनको वार्षिक उत्सव तथा अधिवेशन तानसेनमा भएको छ । क्लवले ४४ औं वार्षिक उत्सव तथा २० औं अधिवेशन गरेको हो ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
शनिबार, भदौ १६, २०८०
नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् ।
नबिल बैंकलाई अवार्ड
शनिबार, भदौ १६, २०८०
नबिल बैंकले कम्बोडियाको सीम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
शनिबार, भदौ १६, २०८०
शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै
शनिबार, भदौ १६, २०८०
जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन
शुक्रबार, भदौ १५, २०८०
शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर यहाँ स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको हो ।
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द
शुक्रबार, भदौ १५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको...
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’
शुक्रबार, भदौ १५, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले कार्यसमिति सदस्य प्रकाश ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । युनियनले शुक्रबार एक विज्ञप्ति निकाली सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अपशब्द लेखेर धम्की दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।
बहराइनमाथि नेपालको जित
शुक्रबार, भदौ १५, २०८०
आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।


