Shittalpati
पाठेघर र स्तन क्यान्सरको शिविर सञ्चालन हुने

पाल्पा, रामपुरको जब्गादी र तानसेनमा महिलाहरुको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर जाँच शिविर सञ्चालन हुने भएको छ । पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा शिविर सञ्चालन हुन लागेको हो ।

 रामपुर नगरपालिका  वडा नंं–९ जब्गादीको स्वास्थ्य चौकीमा पुस ६ गते शुक्रबार र तानसेन नगरपालिका वडा नंं –३, भगवती मन्दिर परिसरमा पुस ७ गते शनिबार शिविर सञ्चालन हुने पाल्पा लायन्स क्लवकी अध्यक्ष कमला शर्माले बताईन् । रामपुरको जब्गादीमा शिविर सञ्चालनको लागि स्थानीय रेडक्रस उपशाखा, वडा कार्यालय, स्थानीय स्वास्थ्य चौकी तथा क्लवहरुले सहयोग तथा समन्वय गरेका छन् । शिविरका संयोजक समिरमान सिंहले निःशुल्क रुपमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय परीक्षण हुने भएकाले र तत्काल रोग अनुसारको उपचार सेवा र औषधी समेत पाईने भएको शिविरमा सहभागी हुन महिलाहरुलाई अनुरोध गरेका छन् ।

शिविरमा सहभागी भएका महिलाहरुको विशेष जटिल प्रकारको मुखको पाठेघर सम्बन्धी रोग देखिएका काभ्रेको बनेपामा निःशुल्क उपचारको व्यवस्था रहेको, विरामी सहित कुरुवालाई आउँदा, जादाँको बाटा खर्च खानपिनको समेत व्यवस्था रहेको शिविरका लायन्स क्लवका पूर्व अध्यक्ष मधुदयाल सैजुले बताए । पाल्पा लायन्स क्लवले पत्रकार सम्मेलन गरेर शिविरमा सहभागी भई मौकाको फाईदा उठाउन सबै महिलाहरुलाई अनुरोध गरेको छ । लायन्सक क्लवले रामपुरको जब्गादीमा ३० रुपैयाँ दर्ता शुल्क र तानसेनमा ५० रुपैयाँ दर्ता शुल्क मात्र लिने तयारी रहेको पाल्पा लायन्स क्लवकी निवर्तमान अध्यक्ष सीता बस्नेतले बताईन् । समयमै पाठेघर मुख र स्तन क्यान्सरको जाँच गरेका १५ देखी २० वर्षपछी क्यान्सर हुने सम्भावनालाई रोक्न सकिने पाल्पा लायन्सले जनाएको छ । पाल्पा लायन्स क्लवकी अध्यक्ष कमला शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सचिव तुम्ला बज्राचार्यले गरेकी थिईन्  ।
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update